Techie IT
Mission Khabar

काठमाडौं उपत्यकामा २ हजार २८३ सहित देशभर थपिए ४ हजार ४७ कोरोना संक्रमित

१ लाख ११ हजार ८०२ संक्रमित पुग्दा ६४५ को मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १४ हजार ५ सय ३० जनाको पीसीआर परीक्षण भएकोमा ४ हजार ४७ जनामा कोरोना पुष्टि भएको हो ।

सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ९ सय २३ र होम आइसोलेशनमा १९ हजार ९ सय ५७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार २ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १ हजार ८ सय ८८, भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ जना छन् । पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ७७ हजार २ सय ७७ पुगेको छ ।

सोमबार काठमाडौं, ललितपुर, सुनसरी, चितवन र रुपन्देहीमा ९ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ४५ पुगेको छ। आईसीयूमा २ सय ७९ र भेन्टिलेटरमा ६७ जना संक्रमित उपचाररत रहेका छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्