कोरोना अपडेट : करिब १ लाख २२ हजार संक्रमित, ६९४ जनाको मृत्यु
३६ हजार ५३३ जना सक्रिय संक्रमित, अधिकांश होम आइसोलेसनमा

पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा हाल ३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा १ हजार ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये १ हजार ६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ थपिएका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट ३ हजार ५६४ जना डिस्चार्ज भएसँगै कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८४ हजार ५१८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।
बिहीबारसम्म देशभर ३ सय १४ जना कोरोना संक्रमितको आईसीयुमा र ६८ जनाको भेन्टिलेटरमा उपचाररत छन् ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्