Techie IT
Mission Khabar

आइतबारदेखी नेपाली सेनाको पृतनापति बैठक


काडमाडौँ । नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक आइतबारदेखी बस्दैछ । सैनिक जनसम्पर्क निर्देशनालयले कार्तिक २ गते देखि ४ गतेसम्म पृतनापतिको समन्वयात्मक बैठक बोलाएसँगै आइतबारबाट भर्चुअल बैठक सुरु हुने भएको हो ।

गत भदौमा बोलाउने निर्णय गरिएको उक्त बैठक कोभिड–१९ को महामारीका कारण स्थगित गर्नुपरेको थियो । पृतनापति सम्मेलनमा आठ वटै पृतनाका पृतनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रबाटै भर्चुअल सहभागीता जनाउने जनाइएको छ । सम्मेलनमा मुलुकको पछिल्लो सुरक्षा अवस्था र चुनौतीका बारेमा समेत छलफल हुने जंगी अड्डाले जानकारी दिएको छ ।

सहभागीहरुले कोभिड–१९ को स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण रुपमा पालना गर्नुपर्नेछ । नेपाली सेनाले प्रत्येक वर्ष पृतनापति समन्वयात्मक बैठक आयोजना गर्ने गरेको छ ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्