Techie IT
Mission Khabar

सर्वोच्च अदालत १५ दिनका लागि बन्द, बन्दीप्रत्यक्षीकरणको रिटमा भने सुनुवाई


काठमाडौं । देशको मुख्य न्यायिक निकाय सर्वोच्च अदालत आजबाट १५ गतेसम्म बन्द हुने भएको छ । अदालतले शुक्रबार नै एक सूचना जारी गर्दै आज घटस्थापनाको दिनदेखि १५ गते कोजाग्रत पूर्णिमाको दिनसम्म अदालत बन्द रहने जानकारी गराइएको हो ।

यद्यपि बन्दीप्रत्यक्षीकरणको रिटमा भने सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासन महाशाखाले जानकारी दिएको छ । शनिबार र दशैंको टिकाको दिनबाहेक अरु दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि खुला रहने जनाइएको छ ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्