Techie IT
Mission Khabar

कोरोना प्रभाव : विशिष्ट व्यक्तिहरुले दशैमा सर्वसाधारणलाई टिका नलगाइदिने


काठमाडौं । कोरोना भाइरसको महामारी बढ्दो क्रममा देखिएसँगै पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्षको दशैमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।

पूर्वराजाले औपचारिकरुपमै टीका नलगाउने घोषणा गरिसकेका छन् भने राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयको औपचारिक घोषणा आउन बाँकी छ । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले कोरोना भाइरसका कारण राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाउने बारे अन्योल रहेको भन्दै सम्भवत टिकाको कार्यक्रम स्थगत हुने जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत कोरोना जोखिमलाई मध्यनजर गरेर यस वर्ष सर्वसाधारणलाई टीका लगाउनुहुनेछैन । प्रधानमन्त्रीबाट औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्