भिसा सकिएका कामदार ओमान फर्कन नपाउने,वैध रेसिडेन्सीलाई मात्रै प्रवेश अनुमति

काठमाडौं । ओमानका अधिकारीहरूले कोरोना भाइरस महामारीका कारण अन्तर्राष्ट्रिय उडान स्थगित भएको भन्दै भिसा सकिएका कामदारहरु ओमान फर्कन नसक्ने जानकारी गराएका छन् ।
कोरोना महामारीको सर्वोच्च समिति बैठकको निर्णय सार्वजानिक गर्दै रोयल ओमान पुलिसका अपरेशनस महानिर्देशक सैद अल अस्मीले कोरोना महामारीको विषम परिस्थितिका कारण कामका लागि भिसा जारी प्रक्रिया निलम्बित भएको जानकारी दिनुभएको हो । वैध रेसिडेन्सी भएकाहरूका लागि भने प्रवेश अनुमति खुल्ला राखिएको छ । ओमानका नागरिकहरू र आप्रबासीलाई सर्वोच्च समितिले जारी गरेको दिशानिर्देशनप्रति सहयोग र प्रतिबद्धताको लागि ओमान सरकारले धन्यवाद दिएको छ । कोरोना महामारीको सर्वोच्च समिति कोरोना भाइरस रोकथामका उपायहरू उल्लंघन गर्नेहरूको नाम र फोटो पनि विभिन्न मिडिया आउटलेटमा प्रकाशित गर्ने निर्णय गरेको छ ।
ओमानको यो निर्णयसंगै बिदामा नेपाल गएका नेपाली श्रमिक समेत तत्काल फर्कन नपाउने भएका छन् ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विश्व / विविध
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्