Techie IT
Mission Khabar

विकास निर्माणको जोखिम घटाउँदै बंगलाचुली गाउँपालिका,स्थानीय श्रमिकलाई श्रमको मौका


दाङ, काठमाडौँ । दाङको बंगलाचुली गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७/०७८ को लागि छनौट भएका योजनाहरुलाई श्रमको माध्यमबाट सम्पन्न गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको ८ वटै वडामा छनौट भएका विकास निर्माणका योजनाहरुमा उपभोक्ता समिति मार्फत स्थानीय श्रमिक परिचालन गरेर योजना सम्पन्न गर्ने रणनीति लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले जानकारी दिनुभएको हो । विकास निर्माणका योजनाहरुमा डोजर लगाउँदा स्थानीय बेरोजगार भएको भन्दै गाउँपालिकाले श्रममा आधारित योजना सञ्चालन गरेको वोलीले बताउनुभयो ।

श्रममा आधारित योजनाले कोभिड–१९ का कारण गाउँघरमा रहेका बेरोजगार जनशक्तिले रोजगारी पाउने र डोजर अनि स्काभेटर बिनै विकास निर्माणका योजना पुरा गरिदा भूक्षय तथा पहिरोको जोखिम कम हुने विश्वास गरिएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्