Techie IT
Mission Khabar

देशभर थपिए ३ हजार ७९० कोरोना सक्रमित, दिर्घरोगी बालबालिका र गर्भवती बढी जोखिममा


काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १५ हजार ७ सय १४ नमुना परीक्षण भएका छन् । काठमाडौं उपत्यकामा मात्रै २ हजार ३ सय ८८ संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार ८ , भक्तपुरमा ९९ र ललितपुरमा २ सय ८१ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३५ जना कोरोनामुक्त भएसँगै ९४ हजार ५ सय १ ले कोरोना जितेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ पुगेको छ । सक्रिय संक्रमितमध्ये १३ हजार ८ सय ५१ जना संस्थागत आइसोलेशन र २६ हजार ९ सय २७ होम आइसोलेशनमा छन् । देशभरका क्वारेन्टिनमा ४ हजार ७० जना रहेका छन् ।

पिसिआर विधिबाट अहिले सम्म १३ लाख ९ सय १८ पिसिआर परिक्षण भएको छ । देशभरका अस्पतालका आइसियुमा २ सय ८२ र भेन्टिलेटरमा ६३ जना संक्रमित उपचाररत छन् । मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौ, चितवन, कास्की, भरतपुर, दाङ, बाँके र रुपन्देहीमा ५ सय बढी सक्रिय संक्रमित रहेकोमा मुस्ताङमा संक्रमित नै छैनन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिर्घरोगी बालबालिका र गर्भवती महिला तथा तत्कालै शल्यक्रिया गरेका व्यतिमा कोरोनाको जोखिम बढी हुने भएकोले उनीहरुलाई सकेसम्म घरबाट ननिस्कन र निस्कनु परेका बढी भिडभाड हुने स्थानहरुमा नजान आग्रह गरेको छ । मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि सामान्य खर्च गर्नसक्नेले सरकारलाई सहयोग गर्न र यसो गर्दा असहाय,अशक्त र न्युन वर्गको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएपनि गलत रुपमा नबुझ्न आग्रह गरेको छ । विभिन्न संघ संस्था र परिवारहरुबाट मृतकको दाहासंकार परम्परा अनुसार गर्न पाउनुपर्ने माग राख्दै आएकोले शब व्यवस्थापन परिवारबाटै स्वास्थ्य सावधानी सहित गर्नसक्ने निर्णयलाई गलत रुपमा नबुझ्न आग्रह गरिएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्