Techie IT
Mission Khabar

प्रमुख जिल्ला अधिकारीमा अधिकार प्रत्यायोजन, ५ सय बढी संक्रमित भएका जिल्लामा होला त निषेधाज्ञा ?


काठमाडौं । कोरोना भाइरसका ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी हुन सक्ने सम्भावना बढेको छ । सरकारले ५०० भन्दा बढी सक्रिय संक्रमित भएको जिल्ला वा जिल्लाभित्रको कुनै भागमा कुनै सेवा वा कार्यमा रोक लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीहरूलाई दिएसँगै यस्तो आँकलन गर्न थालिएको हो ।

सरकारले २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा अन्य जिल्लाबाट प्रवेश गर्न र सवारीसाधनको आवतजावतलाई नियमन र व्यवस्थापन तथा नियन्त्रण गर्ने अधिकार समेत प्रमुख जिल्ला अधिकारीमा हस्तान्तरण गरेको छ । अन्तर्राष्ट्रिय खुला सिमानामा हुने आवागमन ३० कात्तिक मध्यरातसम्मका लागि बन्द गर्ने पुरानो व्यवस्थालाई निरन्तरता दिएको सरकारले कोरोना संक्रमितको उपचारको दायित्वबाट भागेको नभई जनतालाई उत्तरदायि बनाउन खोजेको दाबी गरेको छ ।

विपन्न लगायतका केही सिमित व्यक्ति बाहेकले परिक्षण तथा उपचार आफैले गर्नुपर्ने, बिमितहरुको परिक्षण र उपचारमा बिमाको रकम काटिने लगायतका निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत सार्वजनिक भएसँगै सरकारको चर्को आलोचना भएको थियो ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्