Techie IT
Mission Khabar

३ हजार ६३७ जना कोरोना संक्रमित थपिए, एक लाख बढिले कोरोना जित्दा ८१२ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ४८ हजार ५ सय ९ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्र बिहीबार १ हजार ५ सय ५२ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार २ सय ८३, ललितपुरमा १ सय ५७ र भक्तपुरमा ११२ मा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ। यी मध्ये संस्थागत आइसोलेशनमा १३ हजार ३ सय ३९ जना रहेका छन् भने होम आइसोलेशनमा आधाभन्दा बढी ३१ हजार ५ सय ३८ जना रहेका छन्। यस्तै, क्वारेन्टाइनमा तीन हजार ७ सय ५१जना छन्।

बिहीबार ३ हजार २ सय १५ जना देशका विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या एक लाख दुई हजार ८ सय २० पुगेको छ। पछिल्लो २४ घण्टामा २१ जनाले कोरोनाका कारण ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नै ८ सय १२ पुगेको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्