Techie IT
Mission Khabar

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र पत्नी हिशिला यमीलाई कोरोना संक्रमण


काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र पत्नी हिशिला यमीलाई कोरोना संक्रमण देखिएको छ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्षसमेत रहेका डा.भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफू र हिसिलामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी गरेका हुन् ।

शुक्रवार गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ आएको र होम आइसोलसनमा बसेको डा. भट्टराईले लेखेका छन् । चिकित्सकको हल्लाह बमोजिम होम आइसोलेसनमा बसेको जानकारी गराउँदै डा. भट्टराईले पछिल्ला दिनमा आफूहरुको निकट सम्पर्कमा रहनुभएका सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्