भिसा आवेदनको बायोमेट्रिक्स सेवा सुचारु, कहिले होला अष्ट्रेलिया–नेपाल सिधा उडान ?
काठमाडौं । अष्ट्रेलियन भिसा आवेदन केन्द्रले बिहीबारबाट बायोमेट्रिक्स सेवा सुचारु गरेको छ । कोरोना महामारिका कारण रोकिएको सेवा पूर्वनिश्चित गरी शुल्क तिरेका व्यक्तिहरुको लागि मात्र खुला गरिएको केन्द्रले जानकारी दिएको हो ।
आफ्नो आधिकारिक साईट भीएफएस ग्लोबलमा सूचना प्रकाशित गर्दै केन्द्रले सेवा रोकिनुअघि नै शुल्क तिरेका व्यक्तिहरुलाई सोमबारदेखि शुक्रबारसम्म विहान ८ बजेदेखि ३ बजेसम्मको समय लिन सकिने जानकारी गराएको छ ।कोभिड–१९ ले विश्वभरभर स्वास्थ्य समस्या र महामारिको जोखिम बढाइरहँदा अष्ट्रेलियाले अन्तर्राष्ट्रिय यात्रीहरुलाई आउन रोक लगाएको छ । अष्ट्रेलियामा रहेका कलेज, विश्वविद्यालयहरुमा पढ्न आउने विद्यार्थी, अष्ट्रेलियामा रहेका नेपाली समूदायका आफन्तजनहरु यसको मारमा परेका छन् । आवेदन दिइसकेकाहरु पनि स्वास्थ्य परीक्षण र बायोमेट्रिक्सको सेवा रोकिँदा मारमा पर्दैरेका छन्।
नेपालबाट अष्ट्रेलिया आउने भिसाका लागि अनलाईनमार्फत आवेदन दिनुपर्ने भिसा आवेदन केन्द्रले जानकारी गराएको छ । यी आवेदनहरु दिल्लीस्थित अष्ट्रेलियन उच्चआयोगले हेर्दैआएको छ । स्वास्थ्य परीक्षण र बायोमेट्रिक्स संकलन भने नेपालमा भीएफएस ग्लोबल मार्फत नै हुने गरेको छ । भीएफएस ग्लोबलले विश्वका १ सय ४४ राष्ट्रमा ३ हजार ४ सय ४० वटा शाखा मार्फत ६४ देशका लागि बायोमेट्रिक्स सेवा सञ्चालन गर्दै आएको छ ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्