Techie IT
Mission Khabar

थपिए ३ हजार ५१७ कोरोना संक्रमित, ३७१ जनाको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै


काठमाडौं । छिल्लो २४ घन्टामा ३ हजार ५ सय १७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ । काठमाडौंमा १५ सय ८ जना, भक्तपुरमा १ सय ३१ जना र ललितपुरमा २ सय २९ जना गरी १८ सय ८८ जनामा कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १० हजार ५ सय १ जना, भक्तपुरमा १७ सय १९ जना र ललितपुरमा २ हजार १ सय ६५ जना होम आइसोलेसनमा छन् । देशभर सक्रिय संक्रमित ३८ हजार ३ सय ५७ जना रहेका छन भने २ हजार ६ सय ६६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४ हजार ९६ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेहरुको संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ९ सय ८९ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

बढ्दै गम्भिर बिरामी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ७१ जना भेन्टिलेटरमा र ३०० जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । यो प्रदेशमा मात्रै १९१ जना आईसीयूर ५५ जना भेन्टिलेटरमा उपचाररत छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्