शान्ति मिसनमा सुडान जाने टोलीको बिदाइ, कार्तिक १७ र मसिर ११ मा उडान
काठमाडौं । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु) को रुपमा सुडानको डारर्फरस्थित युनामिड मिसन १७ औँ समूहमा जाने प्रहरीलाई औपचारिक रुपमा बिदाइ गरिएको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहकाबीच समूहका नेतृत्वकर्ता प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेर टोलीको बिदाइ गर्नुभएको हो । यो मिसनका लागि १८० जना प्रहरी त्यसतर्फ जाने छन् । एक प्रहरी उपरीक्षक, चार प्रहरी नायब उपरीक्षक, सात प्रहरी निरीक्षक, २४ प्रहरी नायब निरीक्षक, १७ प्रहरी सहायक निरीक्षक, ५५ प्रहरी हबल्दार, ६५ प्रहरी जवान र सात प्रहरी कार्यालय सहयोगी सहितको टोली दुई समूहमा विभाजन भएर शान्ति स्थापनार्थ युनामिड मिसनमा जादैछ ।
पहिलो टोली २०७७ कात्तिक १७ र दोश्रो टोली मङ्सिर ११ गते त्यसतर्फ प्रस्थान गर्नेछन् ।
क्याटेगोरी :
जीवन भोगाई,
देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्