भारतमा समुन्द्री विमान सेवा, प्रधानमन्त्री मोदीले गरे उद्धाटन

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समुद्री विमान सेवाको उद्घाटन गरेका छन् । शनिबार नर्मदा जिल्लामा पर्ने केभाडियाबाट अहमदावादको साबरमतीमा अवतरण गरी प्रधानमन्त्री मोदीले समुद्री विमान सेवाको सुभारम्भ गरेका हो हुन ।
दुई दिने गुजरात भ्रमणका क्रममा रहेका प्रधानमन्त्री मोदीले सरदार पटेलको १४५औँ जन्मजयन्तीमा समुद्री विमान सेवाको सुरु गरेका हुन । समुद्री विमान सेवा प्रधानमन्त्री मोदीको ड्रिम प्रोजेक्टका रूपमा व्याख्या गर्ने गरिएको छ । करिब २ सय किमीको यो दुरीमा भारतीय नागरिकले १५ सय रुपयाँमा एकतर्फी उडान यात्रा गर्न पाउनेछन् । यो फ्लाइट करिब ४० मिनेटको हुनेछ ।
समुद्रमाथि अवतरण गर्न सक्ने ट्विनअटर–३०० मोडलको यो विमानमा १५ सिट क्षमता छ । यो विमानले केभाडियादेखि साबरमतीको दुरीमा दैनिक ४ उडान गर्न सक्ने बताइएको छ ।
क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्