Techie IT
Mission Khabar

अष्ट्रेलियाको क्वीन्सल्याण्डमा लेबर पार्टीको जित, प्रिमियर एनास्तासियाको ह्याट्रिक


ब्रिसबेन, अष्ट्रेलिया । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यमा शनिबार भएको निर्वाचनमा लेबर पार्टीले स्पष्ट बहुमत प्राप्त गरेको छ । वर्तमान प्रिमियर एनास्तासिया पालासेको विजयले क्वीन्सल्याण्डका जनताले लेबर पार्टीको निरन्तरता चाहेको स्पष्ट भएको हो ।

विजयसँगै वर्तमान प्रिमियर पलासेले कोरोना भाईरसका कारण भएको क्षतिलाई पूर्ति गर्न भोलिदखि नै खटिने प्रतिबद्धता गरेकि छिन । राति प्राप्त मतपरिणाम अनुसार बहुमतका लागि कूल ४७ सिट जित्नुपर्नेमा ४९ सिटमा विजय हासिल गर्दै तीन क्षेत्रमा अग्रता हासिल गरेपछि जनताले आगामी चार वर्षका लागि लेबर पार्टीलाई नै राज्य सञ्चालनको जिम्मेवारी दिएको स्पष्ट भएको छ। आफ्ना समर्थकहरुमाझ बोल्दै प्रिमियर पालासेले यो वर्ष धेरैका लागि सहज नभएको बताउँदै यो विश्वासको ऋण तिर्न हरेक दिन खटिने प्रतिबद्धता जनाएकी छिन ।

विपक्षी लेबर नेशनल पार्टीकी नेतृ डेब फ्रेन्कलिंगटनले हार स्वीकार गर्दै विजयी पालासेलाई बधाई दिइन् । फ्रेन्कलिंगटनले भनिन – “प्रिमियरका कतिपय कुरामा म सहमत हुन नसकुँला तर एक प्रतिस्पर्धीका रुपमा र राज्यको नेतृत्वका हिसाबले म सदैव सम्मान गर्नेछु ।” पछिल्लो विजयसँगै पलासे अष्ट्रेलियाकै ईतिहासमा लगातार तेश्रो कार्यकाल विजयी बन्ने पहिलो महिला प्रिमियर बनेकी छिन् । यो राज्यमा लामो समयदेखी लेबर पार्टीले शासनसत्ताको बागडोर सम्हाल्दै आएको छ ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्