Techie IT
Mission Khabar

भारतीय सेनाप्रमुखको नेपाल भ्रमण परम्पराको निरन्तरता : नेपाली सेना


काठमाडौं । नेपाली सेनाले भारतीय सेनाप्रमुख जनरल मनोजमुकुन्द नरावणेको नेपाल भ्रमणमलाई परम्पराको निरन्तरता भएको दाबी गरेको छ । यो भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध थप सुदृढ हुने बताएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भारतीय सेनाप्रमुख नरवणेको नेपाल भ्रमण मुख्यरुपमा परम्पराको निरन्तरता भएको दाबी गर्दै दुई देशका सेनाबीचको सम्बन्ध थप सुदृढीकरण हुने बताउनुभएको छ । भारतीय सेना प्रमुख नरवाणे आगामी बुधबार नेपालको भ्रमणमा आउँदै छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपालको तीन दिवसीय भ्रमणमा आउन लागेपछि नेपालमा विभिन्न कोणबाट टिकाटिप्पणी सुरु भएका छन् । भ्रमणका क्रममा मानार्थ सेनापतीको सम्मान लिने नरवणेले प्रधानमन्त्री ओलीसँग सिष्टाचार भेट गर्नुहुनेछ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्