Techie IT
Mission Khabar

थपिए २ हजार ९३३ कोरोना संक्रमित, अधिकांश सक्रिय संक्रमित घरमा

१ लाख ७६ हजार ५०० संक्रमित मध्ये ९८४ को मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ९३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा १३ हजार ४४६ जनाको पीसीआर गर्दा यी संक्रमित थपिएका हुन् । २४ घण्टामा ३ हजार १५० जना डिस्चार्ज भएसँगगै कोरोना जित्नेहरुको संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ ।पछिल्लो २४ घण्टामा २४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९८४ पुगेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी थपिनेमा काठमाडौंमा १३२९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ रहेका छन् ।

देशभर ३७ हजार ५२४ सक्रिय संक्रमित रहेकोमा ३० हजार ९२४ जना होम आइसोलेसनमा छन् । यीमध्येपनि सक्रिय संक्रमितको संख्या १९ हजार ४३९ रहेको काठमाडौं उपत्यकामा १४ हजार ७७३ जना होम आइसोलेसन अर्थात घर वा कोठामा छन् ।

बढ्दै गम्भिर बिरामी
पछिल्लो समय कोरोना संक्रमितको संख्या घटेजस्तो देखिएपनि गम्भिर बिरामीहरुको संख्या बढ्दो देखिएको छ । सोमबार साँझसम्म देशभर ३४७ जना आईसीयूमा र ७४ जना भेन्टिलेटरमा उपचाररत छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्