त्रिविका परिक्षा अब घर पायकको परिक्षा केन्द्रबाट, कोरोना संक्रमितलाई छुट्टै दिने मौंका

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएसँगै अब धेरै विद्यार्थीहरु परिक्षाका लागि काठमाडौँ आउनुपर्ने बाध्यता हटेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा कोभिडका कारण घरघरमा पुगेका विद्यार्थीको सहजताका लागि विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको तोकेको परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाइएको हो ।
त्रिविका रजिष्ट्रार डा पेशल दाहालले कोभिड–१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था मिलाइएको बताउनुभयो । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर विद्यार्थीले आफूलाई पायकपर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउने छन् । त्रिविले यही मङ्सिर दोस्रो हप्ताबाट स्थगित भएका सबै तहको परीक्षा गर्ने तयारी गरेको छ । प्रवेशपत्र पनि अनलाइनबाट आफैँ विद्यार्थीले प्रिन्ट गरेर लिनेसक्ने व्यवस्था गरिएको छ ।
कोभिड–१९ को कारणले गत चैत ७ गतेदेखि त्रिवि अन्तर्गतका सबै परीक्षा स्थगित भएका थिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएअनुसार नै तयारी भएको बताइएको छ । विद्यार्थीको २० प्रतिशत नम्बर आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को नम्बरबाट गणना गरिन भएकाले कक्षा १२ को परिक्षा ४० पुर्णाङ्कको मात्रै हुनेछ ।
बोर्डले कोभिड १९ सङ्क्रमित भएका परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गरिने बताइएको छ ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्