Techie IT
Mission Khabar

थपिए ३ हजार ५१ जना संक्रमित, ५ सय २ जनाको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै


काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५१ जना संक्रमित थपिएसँगै देशभर संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३० जना निको भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ४८ हजार ४ सय ८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार ३ सय ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौं उपत्यकामध्ये काठमाडौंमा हालसम्म संक्रमितको संख्या ६८ हजार ४ सय ४९ पुगेको छ भने निको हुनेको संख्या ५१ हजार ८५९ रहेको छ । यस्तै भक्तपुरमा हालसम्म ६ हजार २३२ जनामा संक्रमण पुष्टि हुँदा ४ हजार ९१५ ले कोरोना जितेका छन् । यस्तै ललितपुरमा कुल ९ हजार ६ सय ६३ संक्रमितमध्ये ७ हजार ३ सय २२ जना निको भएका छन् ।

बढ्दै गम्भिर बिरामी
बिहिबारसम्मको सरकारी तथ्यांक अनुसार ७४ जना कोरोना संक्रमितको भेन्टिलेटर र ४२८ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ । हाल देशभर सक्रिय संक्रमित ३६ हजार ५ सय १४ जना रहेकोमा २९ हजार ५७४ जना होम आइसोलेसनमा रहेका छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्