Techie IT
Mission Khabar

देशभर थपिए २ हजार ९०९ कोरोना संक्रमित, कहाँ कस्तो अवस्था ? (विवरणसहित)


काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९ जनामा कारोना संक्रमण पुष्टि भएसँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ । बितेको २४ घण्टामा थप ४५ सय जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ।

नेपालमा कोरोना संक्रमण निको हुने दर ८१ प्रतिशत रहेको छ । हाल देशभर ३४ हजार ९ सय ५ जना सक्रिय संक्रमित रहेको छ । यसैबीच देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । देशभर ३ सय ८० जनाको आईसीयू र ८३ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा १६९ जना आईसीयूमा र ४४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

काठमाडौंमा मात्रै १५ हजार सक्रिय संक्रमित
देशभर ३४ हजार ९०५ जना कोरोना सक्रिय संक्रमित रहँदा काठमाडौंमा मात्रै १५ हजार १ जना रहेका छन् । हालसम्म काठमाडौंमा ६९ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४५ हजार २१६ जनाले कोरोना जितेका छन् । अहिले पनि काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १५ हजार १ रहेको छ । काठमाडौंमा हालसम्म २६२ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

यस्तो छ कोरोनाको विवरण :


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्