Techie IT
Mission Khabar

महिला हिंसाविरुद्ध युवा आक्रोस, कालो बस्त्रमा यसरी हुँदैछ देशभर प्रदर्शन


काठमाडौं । काठमाडौंको माइतीघरमा शनिबार महिला हिंसाविरुद्ध युवतीहरुले कालो बस्त्रसहित प्रदर्शन गरेका छन् । अझै कति सहने’ अभियानद्वारा गरिएको प्रदर्शनमा सहभागीहरुले कालो पोशाकका साथै कालै मास्क, आँखामा समेत कालो पट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

बलाकारविरुद्धको नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए उनीहरुले बलात्कार रोकथाम बारेको सचेतनात्मक नाटक प्रदर्शन गरेका थिए । नाचगानको शैलीमा समेत बलात्कार र हिंसाको बिरोध गर्दै युवतीहरुले सरकारलाई खबरदारी गरे । कोरोनाभाइरस संक्रमणको जोखिमका कारण उनीहरुले सामाजिक दूरी अपनाएर प्रदर्शन गरेका थिए ।

अभियानले देशव्यापी प्रदर्शनका माध्यमबाट बलात्कारीहरूलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग गर्दै आएको छ । शनिबार नै दाङ लगायतका विभिन्न जिल्लामा समेत प्रदर्शन गरिएको थियो ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्