Techie IT
Mission Khabar

पत्रकार ऋषि धमलाई कोरोना संक्रमण, नेतादेखी कलाकारसम्म कन्ट्याक्ट् ट्रेसिङमा


काठमाडौं । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ । अन्तर्वार्ताका क्रममा कन्ट्याक्ट् ट्रेसिङमा परेर आइतबार गरिएको परिक्षणबाट कोरोना रिपोर्ट पोजेटिभ आएको पत्रकार धमला आफैले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गर्नुभएको हो ।

प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष समेत रहेका पत्रकार धमलाले बिभिन्न ब्यक्तीहरुको अन्र्तवार्ता लिने क्रममा कन्ट्राक ट्रेसिङमा परेका थिए । पछिल्लो केही दिनमा मात्रै धमलाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल,बरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, नेता दिनानाथ शर्मा, नेता लेखनाथ न्यौपाने, नेपाली कांग्रेसका विभिन्न नेता, गायक प्रमोद खरेल लगायतसँग अन्तर्वार्ता लिएका थिए । नेकपाका नेताहरुसँगको भेटवार्ताका कारण प्रधानमन्त्री केपी शर्मा ओली समेत पत्रकार धमलाको कन्ट्याक्ट् ट्रेसिङमा परेका छन् ।

पत्रकार धमला होम आईसोलेसनमा बसेका छन् भने घरबाटै जनता जान्न चाहन्छन कार्यक्रमलाई लाईभ मार्फत निरन्तरता दिएका छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्