Techie IT
Mission Khabar

सरकारले सुरु गर्यो मल किन्ने प्रक्रिया, कहिलेसम्म किसानले अभाव झेल्ने ?


काठमाडौं । पैचोमा मल ल्याउने योजना असफल भएपछि सरकारले बङ्गलादेश सरकारसँग मल किन्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बङ्गलादेशसँग मल खरिद् प्रक्रिया अघि बढाउन स्वीकृति दिएसँगै अब खरिद प्रक्रिया मार्फत मल ल्याउन लागिएको हो ।

यसअघि सरकारले बङ्गलादेश सरकारसँग ५० हजार मेट्रिक टन मल पैंचोमा ल्याउने र पछि नेपाल सरकारले फिर्ता गर्नेगरी सहमति भएपनि पछि बङ्गलादेश सरकार पैंचोबाट पछि हटेर किन्नुपर्ने अडानमा पुगेको थियो । किसनहरुले धान, गहुँ, मकै लगायतका अन्नबाली लगाउने समयमा मलको हाहाकार हुँदा मल ल्याउने प्रक्रिया अवरूद्ध भएपछि सरकारसँग किसान आक्रोशित बनेका थिए । सरकारले खरिदको ठेक्का दिएका ठेकेदारले समेत मल ल्याउन नसकेपछि सरकार आफैले पैचोमा ल्याएर किसानको समस्या टार्न खोजेपनि समयमै पुरा भएन ।

बल्ल सरकारले मल खरिदको प्रक्रिया थाल्दा आगामी सिजनको अन्न उपजमा समेत मल अभाव झेल्नुपर्ने चिन्तामा किसानहरु देखिएका छन् । नेपालमै मल उद्योग सञ्चालनको सम्भाब्यता बारे अध्ययन भएपनि कहिले निरन्तरको मल अभाव अन्त्य हुने अझै अनिश्चित छ ।


क्याटेगोरी : कृषी / उद्यम, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्