Techie IT
Mission Khabar

कोरोना करहमा लाखौँको प्रतिक्षा, कहिले खुल्छ लाईसेन्स परिक्षा ?


काठमाडौं । देशमा कोरोना संक्रमण फैलिएसंगै संक्रमण रोक्न सरकारद्वारा लकडाउन गरिएको कारण लामो समय लाइसेन्सको लिखित र प्रयोगात्मक दुवै परीक्षा लिने काम रोकिएको छ । अझै कहिले खुल्ने भन्ने अन्योल नै छ । यस्तो अन्योल भएसंगै सेवाग्राहीहरुलाई समस्या परेको छ । यता, कोरोना संक्रमणको अवस्थामा सरकारको निर्णय गनैपर्ने भएपनि अन्य कार्यालय खुला गरी संञ्चालन गरिरहेको अवस्थामा ट्रायल सेन्टर बन्द हुदा लाखौ सेवाग्राही प्रभावित भएका छन् ।

हप्तामा २ हजारदेखि २५ सयको हाराहारिमा मानिसलाई ट्रायल गराउदै आएकोमा नेपाल सरकारले नै ट्रायल सेन्टर बन्द गराएपछी ठुलो घाटा भएको ब्यवसायीको गुनासो छ । त्यसो त अहिले सवारी अनुमती पत्रको लागी आवेदन दिनसक्ने सम्पुर्ण व्यवस्था प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयको महातत् अन्तर्गत भएकोले सम्पुर्ण कार्य सोही मन्त्रालयले गर्ने गर्दछ । जसअनुरुप कहिले खुल्ने भन्ने निर्णय प्रदेश सरकारले नै गर्नुपर्ने यातायात व्यावस्था बिभागका सुचना अधिकारी लोकनाथ भुसालको भनाई छ । भुसालका अनुसार प्रदेस सरकारले आफुहरु संग समन्वय गरी अघि बढेको खण्डमा सिस्टम सञ्चालन गर्ने बताएका छन् । तर अहिले सम्म प्रदेश सरकारले आफुहरु संग कुनै समन्वय नै नगरेको उनीको भनाई छ ।

चैत्र ११ गते बाट सरकारले देशमा लकडाउन गरे यता नै सवारी चालक अनुमतिपत्र लाईसेन्स आवेदन बन्द छ । यातायात व्यवस्था बिभागबाट लगभग बिगत २ बर्षदेखि स्मार्ट लाईसेन्स नपाएका १२ लाख सेवाग्राहिहरुको लाईसेन्स छपाईको काम सम्पन्न गरी बितरण गरेको बिभागले जनाएको छ ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्