Techie IT
Mission Khabar

मिस यूनिभर्स नेपालका उत्कृष्ट ५० प्रतिस्पर्धी सार्वजनिक, विजेतालाई १० लाख नगद


काठमाडौं । मिस यूनिभर्स नेपालले उत्कृष्ट ५० प्रतिस्पर्धीको घोषणा गरेको छ । मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. ले ल्याएको यस वर्षको मिस यूनिभर्स नेपालका लागि ५०० भन्दा बढी महिलाको आवेदनबाट उत्कृष्ठ ५० छानिएका हुन् ।

पछिल्लो चरणमा ९७ क्वालिफायरहरुले आवेदन प्रक्रियामा अपलोड गरेको बायो, फोटो र भिडियोको आधारमा उत्कृष्ट ५० को छनौट गरिएको थियो । मिस यूनिभर्स नेपालका विजेताले १० लाख नगद उपहार प्राप्त गर्नुका साथै मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउदैआएका छन् ।

कोरोना महामारीका कारण यो वर्षको प्रतिस्पर्धा भने विगत भन्दा फरक हुनेछ । कसरी प्रतिस्पर्धा गराएर बिजेता छान्ने भन्ने बारेको मोडालिटी अझै सार्वजनिक गरिएको छैन ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्