स्थायी कर्मचारी गायव भएपछि करारका कर्मचारीले धानेको डोल्पाको स्वास्थ्य चौकी

डोल्पा । उपल्लो डोल्पा क्षेत्रमा पर्ने फोक्सुण्डो स्वास्थ्य चौकी पछिल्लो समय करार कर्मचारीका भरमा चलेको छ । स्वास्थ्यचौकीमा कार्यरत तीन जना स्थायी कर्मचारी चार महिनासम्म पनि कार्यालयमा नपुगेपछि स्थानीय दुई जना करारका कर्मचारीले स्वास्थ्य चौकी चलाएका हुन् ।
अहिले स्थानीय पासाङ्ग टोमा रोकाय र हितकुमारी रोकायले स्वाथ्यचौकी धानेका छन् । शे–फोक्सुण्डो गाँउपालिका–८ मा पर्ने उक्त स्वास्थ्य चौकीमा लामो समयसम्म पनि स्थायी कर्मचारी नआएपछि स्थानीय आक्रोशित बनेका छन् । स्वास्थ्यचौकीमा कार्यरत अहेब पारस शाही, अहेव चन्द्रदेव यादव र अनमी नाज्मा बानु चार महिनासम्म पनि कार्यालयमा नपुगेको स्थानीय तेजेन्द्र गुरुङ्गले जानकारी दिनुभयो । साउनमा घर गएका चन्द्रदेव पनि असोज पहिलो साता आएर दुई हप्ता नबसी घर फर्किएका थिए । स्वास्थ्य चौकीमा हाजिरी रजिष्टर हेर्दा नभेटिएकाले उनीहरुले घरमै हाजिरी लिएको हुनसक्ने आशङ्का गरिएको छ ।
स्वास्थ्य संस्थामा कर्मचारी फर्किने दिन कुर्दाकुर्दै पनि चार महिनासम्म नपुगेपछि बाध्य भएर सञ्चार माध्यमलाई जानकारी गराइएको वडा नम्बर ८ का अध्यक्ष निमा लामाले बताउनुभयो । स्वास्थ्यकर्मी नहुँदा वडा नं ८ मा पर्ने रिग्मा, सुम्दुवा, र्याँची, छेक्पा र वडा नं ९ मा पर्ने पुग्मो गाउँका स्थानीयको स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्