Techie IT
Mission Khabar

हङकङको रेष्टुरेन्टमा आगलागी : ७ को मृत्यु हुँदा १३ जना घाइते, अधिकांश नेपाली


काठमाडौं । हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा ४ जना पुरुष र ३ जना महिलाको ज्यान गएको हो । मृतक मध्ये एकजना बालिका छिन् ।

मृतकको परिचय अहिलेसम्म नखुलेको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । उक्त आगोलागिको घटनामा परेर अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको हङकङका सञ्चार माध्यमहरूले जनाएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बालबालिकासहितका केही व्यक्तिहरुलाई उद्धार गरिएको जनाइएको छ । क्यान्टोन क्षेत्रको एक अपार्टमेन्टमा आगलागी भएको थियो । साउथ चाइना मर्निङ पोष्टले जन्मदिनको पार्टी मनाइरहेको बेला आगलागी भएको जनाएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन भने हङकङ सरकारले आगलागीको कारण बारे छानविन गर्न आदेश दिएको छ । हङकङ प्रहरीको प्रारम्भीक अनुसन्धानमा उक्त रेष्टुरेन्ट बिना दर्ता सञ्चालन भएको पाइएको छ । आगलागीमा परेर मृत्यु हुने तथा घाइते अधिकांश नेपाली रहेको बताइएको छ ।


क्याटेगोरी : कृषी / उद्यम, देश / प्रदेश, विश्व / विविध
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्