न्यूसाउथवेल्स राज्यले आफ्नो राज्यका वयस्क व्यत्तिलाई १ सय डलर दिने

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यले आफ्नो राज्यका १८ वर्ष पुगेका वयष्क व्यक्तिहरुका लागि १ सय डलरको भौचर उपलब्ध गराउने भएको छ । कोरोना महामारीका कारण विभिन्न होटल, रेष्टुरेन्ट, सिनेमा हलहरुमा मानिसहरुले खर्च गर्ने क्रम घट्दै गएपछि यसलाई बढाउने उपायस्वरुप राज्य सरकारले यस्तो राहत घोषणा गरेको हो ।
यसरी बाँडिएको १ सय डलरमध्ये २५ डलरका दुई भौचर हस्पिटालिटी क्षेत्रमा खर्च गर्न र अर्को दुईवटा २५ डलरको भौचर सिनेमा हल, पार्कहरु, थियटरहरु र ग्यालरीहरुमा खर्च गर्न पाइनेछ । हरेक व्यक्तिलाई यसरी सय डलर वितरण गर्दा राज्य सरकारलाई भने ५ सय मिलियन डलरको दायित्व थपिने आँकलन गरिएको छ । सुरुवातको चरणमा सिड्नीको सिटी क्षेत्रमा खर्च गर्न पाइनेछ भने त्यसपछि अरु ठाउँहरु पनि थप्दै लैजाने योजना न्यूसाउथवेल्स राज्यले अघि सारेको छ ।
यसरी प्राप्त भएको भौचरले चुरोट, रक्सी वा जुवा तथा अन्य साधारण सरसामानको खरिद गर्न भने पाइने छैन । साथै, भौचर शनिबार र आईतबार बिदाको दिन बाहेक प्रयोग गर्नुपर्नेछ ।
कोभिड सेफमा दर्ता भएका विजनेसहरुलाई मात्रै यो कार्यक्रममा सहभागी गराइनेछ । केही समयमै जारी गर्न लागिएको राज्यको बजेटको पूर्वसन्ध्यामा यो कार्यक्रम बारे जानकारी गराइएको हो । यसअघि साउथ अष्ट्रेलिया र तास्मानियाले आफ्नो राज्यमा पर्यटकीय गतिविधि बढोस् भनेर यसैगरी नगद अनुदान दिइसकेका छन् । यो नगद अनुदानलाई यीनै राज्यको निरन्तरताका रुपमा हेरिएको छ ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, विश्व / विविध
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्