काठमाडौंमा ७ लाख नगदसहित ७ जुवाडे पक्राउ, जुवा ऐन अन्तर्गत कारबाही

काठमाडौं । काठमाडौँको कुलेश्वरबाट ७ लाखभन्दा बढी नगदसहित ७ जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत्त कालिमाटीका अनुसार जुवा खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले काठमाडौँ–१४ कुलेश्वरस्थित शिब श्रेष्ठको घरबाट ७ लाखभन्दा बढी नगदसहित ७ जनालाई पक्राउ गरेको हो ।
कुलेश्वर घर भई बस्ने बर्ष ४४ को महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रहरी नायव उपरीक्षक अपिलराज बोहोराले पक्राउ जुवाडेका साथबाट ७ लाख ९४ हजार ८७० रूपैयाँ, विभिन्न बैंकका ११ थान चेक र एक बुक तास बरामद गरिएको जानकारी दिए । पक्राउ पर्नेमा काभ्रे चौरी देउराली गाउँपालिका वडा नं. ६ घर भई कुलेश्वर बस्ने वर्ष ४४ को यादब चौलागाँई ,धादिङ्ग थाक्रे गाउँपालिका वडा नं. ८ घर भई कलंकी बस्ने वर्ष ४१ को राजु पौडेल, चितवन भरतपुर १३ घर भई कुलेश्वर बस्ने वर्ष ३१ को राजिब श्रेष्ठ, वर्ष ४४ को केशब प्रसाद मुडवरी फबारा जितपुर घर भई कलंकी बस्ने वर्ष ४१ को श्याम तामाङ्ग, कैलाली बर्दगोरिया गाउपालिका वडा नं. ३ घर भई कालीमाटी बस्ने वर्ष २८ को प्रेम बडुवाल रहेका छन् ।
उनीहरुलाई जुवा ऐन अन्तर्गत कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्