Techie IT
Mission Khabar

अमेरिका पढ्न जाने विद्यार्थीको संख्यामा भारी गिरावट


काठमाडौं । गत वर्ष अमेरिकाका विभिन्न विश्वविद्यालय र कलेजमा पढ्न जाने नेपाली विद्यार्थीको संख्यामा ३.८ प्रतिशतले गिरावट आएको छ । कोभिड–१९ महामारी, फि र अमेरिकाको अध्यागमन नीतिका कारण नेपालबाट पढ्न अमेरिका जाने विद्यार्थीको संख्यामा कमी देखिएको हो ।

नेपाल अमेरिकामा विद्यार्थी पठाउने २५ मुलुकभित्र पर्ने गरेको छ । नेपालको मात्र होइन्, अन्य मुलुकहरुबाट समेत अमेरिकामा अध्ययन गर्न जानेहरुको संख्यामा पछिल्लो वर्ष निक्कै कमी देखिएको छ । गत वर्ष अमेरिकामा पुग्ने भारतीय विद्यार्थीको संख्यामा समेत ४.४ प्रतिशतले कमी आएको छ । कोरोना महामारीका कारण अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा ४२ प्रतिशतले कमी आएको जनाइएको छ ।

अमेरिकामा बढी विद्यार्थी पठाउने अन्य दुई दक्षिण एसियाली मुलुक बंगलादेश र पाकिस्तानबाट जाने विद्यार्थीको संख्यामा समेत उल्लेख्य रुपमा कमी आएको जनाइएको छ । अमेरिकामा भारत र चीनबाट सबैभन्दा धेरै विद्यार्थी उच्च शिक्षाका लागि पुग्नेगरेका छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्