Techie IT
Mission Khabar

नेपाली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता एक वर्ष थपियो


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता एक वर्ष थपिएको छ । कोरोना भाइरसको महामारीका कारण धेरै खेल प्रभावित भएका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एकदिवसीय मान्यता थप एक वर्ष लम्ब्याएको हो ।

यसअघि नेपालले चार वर्षका लागि पाएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । योसँगै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता अब सन् २०२३ को मार्चसम्म कायम रहने भएको छ । नेपालले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपालले हालसम्म १० एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दा ५ जित र ५ हार बेहोरेको छ


क्याटेगोरी : देश / प्रदेश, समाचार, होटल / रेस्टुरेन्ट

तपाईको कमेन्ट लेख्नुहोस्