Techie IT
Mission Khabar

एकैदिन ५ हजार बढीले जिते कोरोना, अझै १९ हजार बढी सक्रिय संक्रमित


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले ८ हजार ३२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ६९ जनालाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

नयाँ संक्रमित मध्ये ६ सय ५५ जना महिला र १ हजार १४ पुरुष छन् । सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार २८ जना संक्रमित थपिएका छन् भने प्रदेश एकमा २ सय ४२ जना, लुम्बिनी प्रदेशमा १ सय ७१ जना, गण्डकी प्रदेशमा १ सय २ जना, सुदुरपश्चिम प्रदेशमा ६५ जना र प्रदेश दुईमा ६१ जना संक्रमित थपिएका छन् । देशभर कोरोना पुष्टि भएकामध्ये काठमाडौ उपत्यकाका ९ सय ५७ जना रहेका छन् । काठमाडौमा ७ सय ३३ भक्तपुरमा ५३ र ललितपुरमा १ सय ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये १ लाख ९९ हजार २४ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा ५ हजार ६ सय ९९ जनाले कोरोना जितेकाछन् । कूल संक्रमितमध्ये ९० दशमलब ३४ प्रतिशत निको भएका हुन् ।

यस्तै, आइतबार १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय २१ पुगेको छ । संक्रमित मध्ये ० दशमलव ६० प्रतिशत संक्रमितको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३ रहेको रहेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३ रहेको रहेको छ । यो संख्या कूल संक्रमितको ९ दशमलब ०६ प्रतिशत हो । तिमध्ये घरमै बस्नेको संख्या १३ हजार ६ सय १२ जना रहेको छ भने बाँकी अस्पतालमा रहेका छन् । अस्पतालमा रहनेमध्ये आइसियुमा ३ सय ५९ र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको छ । हालसम्म ६ सय ८६ जना क्वारेन्टाइनमा छन् ।

अब विदेशबाट नेपाल भित्रने सबैजना १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले हवाई र स्थल दुबै माध्यमबाट नेपाल आउनेलाई क्वारेन्टिनमा राख्न कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गर्ने निर्णय भएको जानकारी दिए । यस्तै मन्त्रालयले चार ल्याबलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

नेगेटिभ रिपोर्ट आएको नमुना एक महिनासम्म र पोजेटिभ आएको नुमना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय पालाना नभएको भन्दै स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्याबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्