Techie IT
Mission Khabar

अब बलात्कारका घटनामा मिलापत्र गर्नेलाई समेत छ महिनादेखि तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना


काठमाडौं । बलात्कारका घटनामा मिलापत्र गराउने व्यक्तिलाई अब छ महिनादेखि तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना गराउने गरि कानूनी व्यवस्था गरिएको छ । मन्त्रिपरिषद् बैठक मार्फत यौनहिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश स्वीकृत भई राष्ट्रपतिसमक्ष सिफारिस भएसँगै बलात्कारका घटनामा मिलापत्र गर्ने गराउनेमाथी समेत कडा कारबाही हुने निश्चित भएको हो ।

उक्त अध्यादेशमा बलात्कारका घटनामा मिलापत्र गर्न प्रोत्साहन गर्ने वा दबाब दिनेलाई कैद तथा जरिवानाको व्यवस्था गरिएको छ । बलात्कारमा मिलापत्र गर्नेलाई छ महिनादेखि तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना गराउने कानूनी व्यवस्था रहेको र सार्वजनिक पद धारण गरेको व्यक्ति भएमा थप छ महिना कैद हुने बताउनुभयो । सरकारले स्वीकृत गरेको उक्त अध्यादेश राष्ट्रपतिबाट प्रमाणित भएपछि कानूनी मान्यता पाउनेछ ।

अब लागू हुने कानूनमा १४ वर्षदेखि १६ वर्षसम्मका व्यक्तिको बलात्कारमा १२ देखि १६ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ । १६ देखि १८ वर्षको व्यक्तिको बलात्कारमा १० देखि १४ वर्षसम्म कैद सजाय हुनेछ । १८ वर्ष वा माथिका व्यक्तिको बलात्कारमा १० देखि १२ वर्षसम्म कैद सजाय हुनेछ । अध्यादेशमा पुरुषमाथी समेत हिंसा हुनसक्ने भन्दै पुरुषले समेत महिला बिरुद्ध हिंसाको उजूरी दिन प्रेरित गरिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्