बर्दिवास बालिका बलात्कारपछि हत्या प्रकरण : बिरोध प्रदर्शनका घाइतेको मृत्युपछि थप तनाब

काठमाडौं, महोत्तरी । महोत्तरीको बर्दिवासमा ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या प्रकरणले थप उग्र रुप लिने देखिएको छ । विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा गम्भीर घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएसँगै थप द्धन्दको आँकलन गरेर बर्दियाको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।
गोली लागेर गम्भिर घाइते भएका न्यौपानेलाई हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल लगिए पनि मंगलबार राति १ बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनीसँगै घाइते भएका श्याम कार्की भने अहिले उपचाररत छन् । न्यौपानेको मृत्युसँगै बर्दिबासमा थप तनावको स्थित सृजना भएको छ । बर्दिबास नगरपालिका–१४ शुभम् वस्तीकी ६ वर्षीय बालिका गुलाब साह खातुन आइतबार साँझदेखि बेपता भएकी थिइन् । सोमबार मध्य रातमा बालिकाको शव बोरामा फेला परेपछि बलात्कार गरेर हत्या गरेको भन्दै आक्रोशित स्थानियहरुले शव लिएर सडकमा प्रर्दश जारी राखेका छन् ।
प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएपनि हत्याको आरोपमा पक्राउ परेका आरोपितको घरलाइ स्थानीयहरुले जलाएका छन् । बर्दिबासमा थप तनाब बढेपछि उच्च सतर्कतासहित सुरक्षा तैनाथी बाक्लो बनाइएको छ ।
क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्