Techie IT
Mission Khabar

उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको पूर्वानुमान, देशभर चिसो बढ्यो


काठमाडौं । मौसममा बद्लाब देखिएसँगै काठमाडौं उपत्यकासहित देशैभर चिसो बढेको छ । साँझसम्म काठमाडौं उपत्यकाको मौसममा बदली आइरहने भएपनि साँझबाट मौसम सफा हुने जल तथा मौसम विज्ञान विभागका मौसम विद्को पूर्वानुमान रहेको छ ।

मौसमममा बदली आए पनि पानी पर्ने सम्भावना भने रहेको छैन । काठमाडौं उपत्यकाको आज विहान ६ः३० बजेको तापक्रम ७.४ डिग्री सेन्टिग्रेड मापन भएकोमा दिउँसोको न्यूनतम तापक्रम १८ डिग्री हाराहारी पुगेको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडि भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ । गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको पूर्वानुमान गरिएको छ ।

यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भू–भागमा आंशिक बदली रहने जनाइएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम तथा प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्