Techie IT
Mission Khabar

पूर्व युवराज पारस शाह अस्वस्थ, चितवन मेडिकल कलेनमा उपचार हुँदै


काठमाडौं । चितवन भ्रमणका क्रममा स्वास्थ्यमा समस्या देखिएका पूर्व युवराज पारस शाह अस्पताल भर्ना भएका छन् । अकस्मात स्वास्थ्यमा समस्या देखिएसँगै चितवन मेडिकल कलेजमा भर्ना गरेर उपचार थालिएको हो ।

मंगलबार साँझ नारायणगढस्थित एक होटलमा बसेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या देखिएको थियो । शाह बिरामी भएको खबर पाएपछि चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहित पाँच जनाको टोली परीक्षणका लागि होटल पुगेर ईसीजीका साथै रगत परीक्षण गरेको थियो ।

सुरुमा होटलमै राखेर चिकित्सकले निगरानी बढाएपनि पछि थप उपचारका लागि अस्पताल भर्ना गरिएको बताइएको छ । शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेकाले सोही समस्या बल्झिएको छ ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्