न्यूयोर्कको शिक्षा विभागले सच्यायो बुद्धबारेको गलत विवरण,अब ‘बुद्ध वाज बर्न इन नेपाल’

अमेरिका, काठमाडौं । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यस्थित माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत विवरण सच्याइएको छ । समाजसेवी तथा क्विन्स कम्युनिटी वोर्ड–५ का सदस्य ज्ञानल थापाको पहलमा सो राज्यको शिक्षा विभागले त्रुटि सच्याउने निर्णय गरेको हो ।
समाजसेवी थापाले नेपालको राष्ट्रिय स्वाभिमान, स्वाधीनता, पहिचान, दिगो विकास र समृृद्धिका लागि जहाँ रहेर पनि सक्रिय रहने सङ्कल्प गर्नुभएको छ । शिक्षा विभागअन्तर्गत कक्षा ६ र ९ को ‘सामाजिक शिक्षा र कला तथा प्रविधि’ कक्षा ११ र १२ को ‘विश्वव्यापी इतिहास’ विषयमा ‘बुद्ध वाज बर्न इन इण्डिया’ जस्ता गलत विवरण राखेर पढाउने गरिएको थियो ।
सच्याइएको पाठ्यक्रम अनुसार अब अमेरिकाका विद्यार्थीहरुले ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर पढ्न पाउनेछन् ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्