Techie IT
Mission Khabar

अब नयाँ नेपाली श्रमिक ओमान जान पाउने, पर्यटक भिसा समेत खुला


ओमान, दोहा । ओमानले अब नयाँ नेपाली श्रमिक लिने भएको छ । एक सूचना जारी गर्दै ओमानस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण पुनः सुरु गरिएको जानकारी गराएको हो ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले योग्य कम्पनीहरूबाट आएको मागपत्र मात्र प्रमाणीकरण गरिने जानकारी दिनुभयो । मागपत्र प्रमाणीकरण हुने भएपछि अब नेपालबाट नयाँ श्रमिकका लागि रोजगारी खुला भएको छ । यसअघि भिसा लगेर बसेका नेपाली श्रमिकहरुले समेत अब ओमान प्रवेश पाउने भएका छन् ।

यस्तै कोरोना सम्बन्धी बनेको ओमानको सर्वोच्च समितिले पर्यटक भिसा भएकाहरुलाई पनि मुलुकमा प्रवेश दिने निर्णय गरेको छ । त्यहाँ पुगिसकेपछि कोरोना सम्बन्धी नियमहरु भने पालना गर्नुपर्ने जनाइएको छ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्