Techie IT
Mission Khabar

चिसो मौसममा शरीर न्यानो र स्वस्थ राख्न ध्यान दिनुपर्ने खानपान


काठमाडौं । मौसम चिसो भएका बेला रुघाखोकी, ज्वरो लगायतका समस्या बढ्ने गर्छन । फ्लुको जोखिमबाट बच्न हरेकले शरीरलाई न्यायो पार्न धेरै प्रकारका तातो परीकारहरु खाने गर्छन ।

शरीरको हड्डीसहित रुघाखोकीबाट मुक्त हुन, रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यो समयमा विशेष खानेकुरामा ध्यान दिनु पर्ने हुन्छ । चिसोको समयमा स्वास्थ्यप्रद तरिकाले कस्तो प्रकारको खाद्यपदार्थ खाने भन्ने हरेकले जान्नुपर्छ । शरीर न्यायो राख्नुको साथै स्वस्थ र फिट राख्न यस्तो खानपानमा ध्यान दिनुहोस् ।

१. सागपात
जाडो मौसममा शरीरका लागी हरियो सागपात सबैभन्दा उपयोगी मानिन्छ । यसमा फाइबर, फलिक एसिड, भिटामिन सी, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषक तत्व पर्याप्त हुने भएकाले नियमित सेवन गर्नुपर्छ ।

२. गाजरको खिर र हलुवा
जाडो मौसममा गाजरको हलुवाले शरीरलाई निकै फाइदा पुर्याउने गर्दछ । हलुवाको गाजर बनाउदाँ, चिनि, खुवा, अलैंची, दूध, बदाम र घ्यु हालेर कुकरमा गाजरको हलुवा बनाउन सकिन्छ । यसले सरिरलाई न्यानो राख्न र प्रतिरक्षा प्रणाली बलियो बनाउन मद्दत गर्छ ।

३. तातो भोजन
जाडो मौसममा सामान्य तातो भोजन सेवन गर्नुपर्छ । यसले शरीरमा तातोपना बढाउनुका साथै चिसोबाट बढ्नसक्ने जोखिम कम गर्छ ।

४. भुटुनमा तोरी तेल
कम मात्रामा नुनको प्रयोग गरी रिफाइन्ड, जैतुन वा तोरीको तेलमा खाना बनाएमा समेत यसले शरीरमा ताप बढाउने गर्दछ । यसले पनि चिसोको जोखिम कम गर्छ ।

५. पर्याप्त तरल पदार्थ
जाडोमा पसिना कम आएपनि पर्याप्त मात्रामा पानी एवं तरल पदार्थको सेवन गर्नुपर्छ । विशेषतः बालबालिका, गर्भवती महिला तथा प्रौढहरूले चिसो खाद्य पदार्थ वा आइसक्रिम खानु हुदैन । यसले फ्लूको जोखिम बढाउँछ ।

६. आलस र तिल
शरीरलाई तातो बनाइराख्न आलस र तिलको सेवन प्रभावकारी मानिन्छ । आलसलाई भुटेर पाउडर बनाई बिहानबेलुका खाने तथा तिललाई दैनिक भोजनमा सामेल गरेमा चिसोबाट बच्न सकिन्छ ।

७. काजु, पिस्ता र बदाम
काजु, पिस्ता र बदाममा रहेको तैलीय गुणले शरीरलाई तातो बनाइराख्छ । अरू सामान्य अवस्थामा भन्दा जाडो सुरु भएपछि काजु, पिस्ता र बदाम बढी खादा लाभदायक हुन्छ ।

८. अदुवा, बेसार
सामान्यतया मसलाका रूपमा प्रयोग गरिने अदुवा र बेसार जाडो समयमा शरीरलाई तातो बनाइराख्न अत्यन्तै गुणकारी मानिन्छ । यसको नियमित प्रयोगले समेत चिसोमा बढ्नसक्ने जोखिम घटाउँछ ।

९. चिकेन सुप
यदि तपाई मांसाहारी हुनुहुन्छ भने जाडोमा कुखुराको सुप बनाएर पिउनाले निकै लाभ मिल्छ । कुखुराको मासुले शरीरलाई तातो दिने काम गर्छ । यसमा रुघाखोकी समेत निको पार्ने गुण हुन्छ ।

१०. जौ, गहुँ र फापर
जाडोमा भात खानु उपयुक्त मानिदैन, यसले शरीरलाई चिस्याउने काम गर्छ । जाडोमा खाने सबैभन्दा राम्रो अन्न जौ, गहुँ र फापर हो । यि अन्नले शरीरलाई न्यानो बनाइ राख्ने भएकाले रुघाखोकी लाग्नबाट जोगाउँछन् ।

११. लसुन
चिसो भगाउन लसुनलाई निकै राम्रो मानिन्छ । साथै यसले कुनैपनि रोगको संक्रमण हुनबाट बचाउछ । लसुनको सेवनले भाइरससंग लड्न मद्दत गर्छ ।

१२. मरिच
चिसो मौसममा रुघा, खोकी र ज्वरोसंग लड्नका लागि मरिच निकै प्रभावकारी मानिन्छ । मरीचमा पनि कालो मरीचले शरीरमा तातोपना बढाउनुका साथै रोगसंग लड्ने क्षमता उच्च बनाउँछ ।

१३. चिया
जाडो मौसममा चिया, कफि वा हर्बल टी पिउनु पनि लाभदायक मानिन्छ । यी पेय पदार्थले सरिरको तापक्रमलाई व्यवस्थित गर्दछन् ।

१४. गेडागुडी तथा माछा मासु
जाडोमा टुसा पलाएको गेडागुडी तथा माछामासुको सेवन गरेमा चिसो लाग्दैन । साथै छाला रुखो हुनबाट समेत बचाउछ । यिनीहरुले शरीरलाई चाहिने शक्तीको मात्रा प्रदान गर्नुका साथै तापक्रम बढाई चिसोवाट बचाउछ ।

१५. दुध तथा अण्डा
अण्डा वा दूधको नियमित सेवनले हाड मजबुत हुनुका साथै शरीरमा तापक्रम बढाउने काम गर्दछ । यसले शरीरमा अत्यधिक तातोपना बढाई चिसोबाट जोगाउन मद्धत गर्छ ।

चिसोमा रुघाखोकी, ज्वरोको जोखिम बढ्ने भएकाले सरिरको तापक्रममा बिशेष ध्यान दिनुपर्ने हुन्छ । शरिरले धेरै तातो र चिसो सहन सक्दैन । चिसोबाट बढ्नसक्ने रोगको जोखिम कम गर्न माथीको खानपानमा विशेष ध्यान दिनु आवश्यक छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्