Techie IT
Mission Khabar

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलिय बैठक, समसामयिक राष्ट्रिय राजनीतिमाथी छलफल


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आज सर्वदलीय बैठक बोलाएका छन् । आफ्नै दल नेकपा भित्रको किचलो उत्कर्षमा पुगेको तथा राजावादीहरूको प्रदर्शन बढिरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले ११ बजे बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्बदलीय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने बताइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पछिल्लो राजनीतिक परिस्थिति र राजनीतिक दलबिचको साँझा धारणा बनाएर राष्ट्रिय समस्याको समाधान खोज्न वालुवाटारमा सर्वदलिय वैठक बोलाइएको पुष्टि गरे ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सत्ता संघर्ष चर्किरहेको र दलको स्थायी समिति बैठकमा समेत सहभागी नभएका प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठकले राजनीतिक बृत्तमा तरंग पैदा गरेको छ । यसमा राजनीतिक विश्लेषक लगायत धेरैको ध्यानाकर्षण भएको छ ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्