तामझामका साथ सुरु गरिएको सामाजिक सुरक्षा योजना किन प्रभावकारी भएन ?

काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको ३ बर्ष भएको छ । यही योजना अन्तर्गत सरकारले वृद्धभत्ता, एकल महिला भत्ता, अपांगता भत्ता, अल्पसंख्यक तथा जातीय भत्तालगायत दिँदै आएको छ ।
सामाजिक सुरक्षा कोषमा अहिले ३ अर्ब २५ करोड भन्दा बढी रकम जम्मा छ । सो रकम कोषले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार लगानी गर्नका लागि यही मंसिर १० मा सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७ स्वीकृत गरेको छ । सो कार्यविधि अनुसार योगदानकर्ताले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटी प्राप्त गर्न सक्नेछन् ।
योगदान रकमको आधारमा कोषले तोकेको मापदण्ड अनुसार यो सापटी प्रदान गरिने छ । आवास निर्माणका निम्ति धितोमा आधारित भएर योगदानकर्तालाई घर निर्माण गर्न, घर खरिद गर्न, संयुक्त आवासमा यूनिट खरिद गर्न वा आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न ७५ लाख रुपैयाँ अथवा १५ वर्षको तलब रकम जुन कम हुन्छ त्यही बराबर घर सापटी प्रदान गरिने व्यवस्था गरेको कोषले जनाएको छ ।
अहिलेसम्म कोषमा १ लाख ८० हजार श्रमिक सूचीकृत छन् । सूचीकृत हुने श्रमिकले दुर्घटना बीमादेखि पेन्सनसम्म पाउने व्यवस्था छ । योगदानकर्ताको तलबबाट रोजगारदाताले न्यूनतम तलबको ११ प्रतिशत रकम कट्टा गर्ने व्यवस्था छ । श्रमिकको न्यूनतम तलबको २० प्रतिशत रोजगारदाताले थप गरी जम्मा ३१ प्रतिशत रकम कोषमा जम्मा गरिन्छ ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्