Techie IT
Mission Khabar

सरकारले बंगलादेशसँग ५० हजार मेट्रिकटन युरिया मल किन्दै


काठमाडौं । सरकारले बङ्गलादेश सरकारसँग ५० हजार मेट्रिक टन युरिया मल (जिटुजी) सरकार–सरकार प्रक्रियाबाट खरिद गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ । मन्त्रिपरिषद् बैठकले जिटुजी प्रक्रियाबाट युरिया मल खरिद गर्नका लागि कृषि मन्त्रालयलाई स्वीकृत प्रदान गरिएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभएको हो ।

यसअघि सरकारले मल पैचो ल्याउन पहल गरेपनि बंगलादेश पछि हटेपछि प्रक्रिया रोकिएको थियो । बंगलादेश केही समयमा मल फिर्ता लिन पहिला सहमति देखिएपनि पछि एकाएक असहमत देखिएपछि सरकारले मल खरिद गर्ने निर्णय गर्नुपरेको थियो । सरकारले धान रोप्नु अघि नै प्रक्रिया अघि बढाएको मल धान भित्राएर आलू लगायतका बाली रोप्ने तथा भित्राउँदा समेत नआएपछि किसानहरु रुष्ट बन्दै आएका छन् ।

सरकारले वर्षेनी दोहोरिने मलको समस्याको दिर्घकालिन निकास नखोज्दा किसानहरु बिचौलियामार्फत अबैद्य बाटोबाट आएको मल महंगोमा खरिद गर्न बाध्य छन् ।


क्याटेगोरी : कृषी / उद्यम, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्