Techie IT
Mission Khabar

उखुको बख्यौता भुक्तानीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन


काठमाडौं । सर्लाहीका उखु किसानले उखुको भुक्तानी नपाएको भन्दै काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । चिनीमिल उद्योगले बक्यौता रकम उपलब्ध नगराएको, सरकारले बख्यौँता उठाइदिन गरेको प्रतिबद्धता पुरा नभएको भन्दै किसानले काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन ।

गत वर्षको पुस महिनामा पनि किसानले काठमाडौं केन्द्रित आन्दोलन गरेपनि बख्यौता रकमको भुक्तानी नपाएको गुनासो गरेका छन् । उखु किसानहरुले बक्यौता रकम भुक्तानीमा सम्झौता गराउने सरकारले नै सहयोग नगरेको भन्दै माइतीघर मण्डलामा प्रदर्शन गर्नु रहर नभएर बाध्यता भएको बताए । किसानहरुले यो प्रदर्शनलाई निर्णायक बनाउने दाबी गर्दै ऋण खोजेर काठमाडौं आएका कृषक भुक्तानी आएपछि मात्रै गृह जिल्ला फर्किने बताएका थिए ।

आन्दोलन तथा प्रदर्शनको क्रममा माइतीघरमा विभिन्न नाराहरु देखिएका थिए । ब्यानरमा किसानको पीडा झल्काउने विभिन्न नाराहरु समेटिएका छन् । किसान आन्दोलनमा ‘तिम्रो चियामा चिनी, हाम्रो चियामा उत्पीडन’, ‘किसानलाई बाँच्न देउ’ लगायतका नाराहरु देखिएका छन् । ‘सानो छ खेत, सानो छ बारी सानै छ जहान, सानो छ देश, ठूलो छ सरकार अटेन किसान’ ।


क्याटेगोरी : कृषी / उद्यम, जीवन भोगाई, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्