कोरोना कहर : विश्वभर एकैदिन ५ लाख ८० हजार बढी संक्रमित थपिदा साँढे १२ हजारको मृत्यु

काठमाडौं,एजेन्सी । विश्वमा एकैदिन १२ हजार ५३१ संक्रमितको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ लाख ८० हजार ९९२ संक्रमित थपिएका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ३८ लाख ३ हजार ३२० पुगेको छ ।
संक्रमितमध्ये १६ लाख ४१ हजार ४४० जनाले ज्यान गुमाउँदा ५ करोड १८ लाख १३ हजार ९५७ जनाले कोरोना जितेका छन । अहिले पनि विश्वभर २ करोड ३ लाख ४७ हजार ९२३ जनामा सक्रिय संक्रमण देखिएको छ । संस्थागत तथा होम आइसोलेसनमा उपचाररत सक्रिय संक्रमितमध्ये १ लाख १७ हजार ८७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ७१ लाख ४० हजार ८८० पुगेको छ भने ३ लाख ११ हजार २४ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ लाख ९९ हजार ८७५ जना संक्रमित थपिदा २ हजार ९७६ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । दोश्रो प्रभावित मुलुक भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ४०१ संक्रमित पहिचान हुँदा ३८४ जनाले ज्यान गुमाएका छन् । भारतमा ९९ लाख ३२ हजार ९०८ मा संक्रमण पहिचान भैसक्दा १ लाख ४४ हजार १३० जनाको निधन भएको छ ।
ब्राजिल, युकेसँगै फ्रान्स, जर्मन, इटली, रसिया, टर्की स्पेन लगायतका युरोपेली मुलुक कोरोनाको दोश्रो लहरबाट प्रधावित भएका छन् । यहाँ नियन्त्रण उन्मुख बनेको संक्रमण र मृत्युदर पुन उच्च बन्न थालेसँगै प्रतिबन्धका विभिन्न नियम लागू गरिएका छन् ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्