Techie IT
Mission Khabar

जिल्ला स्काउट ललितपुरको उद्घोष- “कुनै पनि हस्तक्षेप स्विकार्य हुँदैन”


ललितपुर । पुष १ गते, बेलुका पौने पाँच बजे । जिल्ला स्काउट कार्यालय ललितपुरका सचिव बाबुकाजी महर्जन कार्यालयको दैनिक कार्यहरुमा ब्यस्त थिए । उनीसँगै कार्यालय सहयोगी मेनुका श्रेष्ठ पनि आफनो काममा ब्यस्त थिइन भने स्काउटर सोहन सिहं स्काउट कार्यालयमा थिए ।

सबै जना आफनो काममा ब्यस्त भइरहँदा अकस्मात चार पाँच जनाको समुह ललितपुर जिल्ला स्काउटभित्र प्रवेश गर्छ र कार्यालय सचिव महर्जनलाई उपत्यकाका जिल्ला स्काउट कार्यालयहरुमा ताला लगाउने कार्यक्रम भएकाले बाहिर गइदिन आग्रह गर्छन् ।महर्जन अच्चमित हुदै बाहिर निस्केर जिल्लााका पदाधिकारीलाई फोन गर्न नपाउदै चार पाँच जनाको समुहले जिल्ला स्काउटको कार्यालयमा तालावन्दी गदै १० बुँदे माग सहितको ब्यानर टासेर निस्कन्छन् ।

१० बुँदे माग गदै टाँस गरिएको ब्यानरमा नेपाल स्काउट प्रगतिशिल केन्द्रीय सर्घष समिति भनेर उल्लेख गरिएको थियो । यो विचमा कार्यालय सचिव महर्जन आतिदै जिल्लाका विभिन्न पदाधिकारी र स्काउटरहरुलाई फोन गर्छन र केही बेरमा जिल्लाका विश्व श्रेष्ठ, गोपाल महर्जन, सुरेन्द्र काररञ्जित, नेमा सिहं लामा लगायतका पदाधिकारी र स्काउटरहरु जिल्ला स्काउट कार्यालयमा पुग्छन । अकस्मात कसले यस्तो गर्यो भनेर सबैजना आश्चर्यचकित हुदै झुण्डाइएको ब्यानर हटाउदै ताला फुटाउछन् ।

यो विचमा जिल्ला भरिका सम्पुर्ण स्काउटरहरुलाई जिल्लामा भएको घटनाबारे जानकारी भइसक्छ । र विहिवार बिहान जिल्लाका सम्पुर्ण स्काउटरहरुको आकस्मिक बैठक बसेर घटनाको घोर भत्सना गरेका छन् । नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक अशोक नरसिंह श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले अज्ञात समूहले पुष १ गते लगाएको ताल्चा खुलेको र यस्ता गतिविधि ललितपुर जिल्ला स्काउटलाई स्वीकार्य नभएको भन्दै उक्त घटनाको भत्सर्ना गर्दै विज्ञप्ती जारी गरेको छ ।

बैठकले जिल्ला स्काउट सहयोगी समुह गठन गरेको छ । विश्व श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । समितिले स्काउटिङमा ललितपुर जिल्लाले बनाएको साखलाई जोगाउदै जिल्लामा रहेका स्काउटर बिच समन्वय गर्दै गैह्र स्काउट गतिविधि रोक्ने र ललितपुरका स्काउटहरु स्काउटिङका लागि सधै एक हुने प्रतिबद्धता जनाएका छन् ।

यस्तै, नेपाल स्काउट प्रगतीशिल केन्द्रीय सर्घष समितिले भने वर्तमान नेतृत्वले गरेका गतिविधि कानुन विपिरीत भएको र सम्पती जोगाउन तालावन्दी गरिएको बताएको छ ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्