शुक्रबार र शनिबार काठमाडौंका यी स्थानमा विद्युत सेवा अवरुद्ध हुँदै

काठमाडौं । शुक्रबार र शनिबार काठमाडौंका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बालाजु सबस्टेशनको ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकोले यस सबस्टेशनबाट वितरित क्षेत्रमा शुक्रबार र शनिबार बत्ती जाने जानकारी गराएको हो ।
प्राधिकरणका अनुसार यो क्षेत्रमा शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म तीन घण्टा र शनिबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म तीन घण्टा विद्युत सेवा अवरुद्ध हुनेछ । प्राधिकरणले बालाजु औधोगिक क्षेत्र १, बालाजु औधोगिक क्षेत्र २, ढुंगेधारा, महाराजगंज, नयाँ बजार र धर्मस्थली फिडरहरु सट डाउन हुने हुँदा उक्त क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्