Techie IT
Mission Khabar

संसद विघटनको असर : नेकपामा दुई चिरा, नाम र सूर्य चिन्ह कता ?


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा दुई चिरा भएसँगै कुन समूह बैधानिक भन्ने बहस सुरु भएको छ । नेकपाको प्रचण्ड–माधव समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथी अनुसासनको कारबाही गर्दै माधव नेपाललाई नयाँ अध्यक्षको जिम्मेवारी दिएको छ । संसदीय दलका नेताका रुपमा यसअघिका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरिएको छ ।

संसद पुनस्र्थापित गरेर नयाँ सरकार बनाउने दाबी गरिरहेको यो समूहले आफू आधिकारिक रहेको दाबीसहित निर्वाचन आयोगमा केन्द्रिय सदस्य विघठित प्रतिनिधिसभा सदस्यको हस्ताक्षरसहित विगतका निर्णयहरु निर्वाचन आयोगमा समेत बुझाएको छ । प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा आफूहरुसँग ७० प्रतिशत केन्द्रिय सदस्यको उपस्थिति रहेको दाबी सहित २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको छ । सँगै यो समूहले संसदिय दलमा समेत ११५ जना आफुसँग रहेको दाबी पेश गर्दै आएको छ ।

संसदीय दलका नेता चुनिएपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले संसद पुनस्र्थापित गरेर नयाँ सरकार बनाउने उद्घोष गर्दै अरू संसदीय दलका नेताहरूसँग पनि छलफल गरेर नयाँ परिस्थिति निर्माणमा जुट्ने बताएका छन् । मंगलबार नै केपी शर्मा ओली समूहले आफू निकटका अल्पमतमा परेका केन्द्रीय कमिटी सदस्यको बैठकबाट ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरी ११९९ सदस्यीय बनाएको जानकारी निर्वाचन आयोगलाई गराएका छन् । ओली–प्रचण्ड समूहले यसअघिकै केन्द्रिय सदस्यको बहुमतको दाबी गर्दैगर्दा ओली समूह भने आफू अनुकुलका नयाँ केन्द्रिय सदस्यलाई रातारात मनोनित गरेर आधिकारीक र बहुमतमा रहेको दाबी पेश गर्न उद्धत देखिएको छ ।

छानबिन गरेर छिट्टै निर्णय दिन्छौं : निर्वाचन आयोग

निर्वाचन आयोगले नेकपाको बिवादबारे छिट्टै निर्णय दिने जनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै पक्षको निवेदनको जाँचबुझ गर्ने र छानबिन गरेर निर्णयमा पुग्ने बताए । दुवै पक्षबाट आएको निवेदनको जाँचबुझ तथा छानविन गर्दा लको विधानमा रहेको व्यवस्थाअनुसार छ कि छैन, राजनीतिक दलहरुसम्बन्धी ऐन नियमको व्यवस्था अनुसार छ कि छैन भनेर एकिन गरिने आयोगको दाबी छ ।

यद्यपी निर्वाचन आयोगबाट एउटा निर्णय आएपनि नाम र चुनाव चिन्हमा दुबैले पेश गरेको दाबीले यहिबाट निकास निस्कने संभावना देखिदैन । नेकपा नाम र सूय चुनाव चिन्हको बिवाद रिटका रुपमा अदलात पुग्ने कतिपयले आँकलन गर्न थालेका छन् ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, समाचार
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्