कोरोना प्रकोप : नेपालीसहित विदेशी नागरिकलाई जापान प्रवेशमा रोक

सुनिता बस्ताकोटी अधिकारी, फुकोउका। नेपाललगायतका मुलुकहरुबाट जापान आउने विदेशी नागरिकहरुमाथी प्रतिबन्ध लगाइएको छ । जापानमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) भेटिएसँगै सोमबारबाट लागू हुने गरी विदेशी नागरिकलाई मुलुक प्रवेशमा प्रतिबन्ध लगाइएको हो ।
जापानको विदेशमन्त्रालयले अहिले लगाइएको प्रतिबन्ध विश्वका अधिकांश मुलुकहरुमा लागू हुने जनाइको छ । यो प्रतिबन्ध जनवरीको अन्तिमसम्म कायम रहने र जोखिमका अवस्था हेरेर थप कदम चाल्ने बताइएको छ । जापानी नागरिक तथा जपानमा बसोबास गर्ने विदेशीहरुको हकमा भने यो प्रतिबन्ध लागू नहुने जनाइएको छ । उनीहरु जापान आउँदा १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरिएको छ । शनिबार जापानको टोकियोमा कोरोनाको नयाँ भेरियन्टका दुई संक्रमित पहिचान भएका थिए । उनीहरु बेलायत भ्रमणबाट फर्किएका नागरिक हुन् । यसअघि शुक्रबार पनि बेलायतबाट आएका पाँच जनामा नयाँ भेरियन्टको संक्रमण देखिएको थियो ।
कोरोनाको नयाँ भेरियन्ट सबैभन्दा पहिला बेलायतमा देखिएको थियो । बेलायतमा कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै विश्वका ४० भन्दा धेरै मुलुकहरुले बेलायतमाथि प्रतिबन्ध लगाइसकेका छन् । यो नयाँ प्रजातिको संक्रमण बेलायतहुँदै फ्रान्स, स्पेन, स्वीडेन, स्विजरल्याण्ड, क्यानडा अस्ट्रेलिया, जर्मनी, इटाली, नेदरल्याण्डस लगायतका देशमा विस्तार भएको छ ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्