इजोनमा प्रकृति अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन

काठमाडौं । शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) ले आजबाट नयाँ कार्यसमिति पाएको छ । सातौ अधिवेशनले गोरखापत्रका प्रकृति अधिकारीको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
कार्यसमितिको उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिवमा क्रमशः अन्नपुर्ण पोष्टका सूर्यप्रसाद पाण्डे, द काठमाडौ पोष्टका विनोद घिमिरे, नेपाल टेलिभिजनका रविचन्द्र पराजुली र रेडियो कान्तिपुरकी पार्वता चौधरी निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा घामछाँया डटकमका रुपेश आचार्य, द राइजिङ नेपालकी मञ्जिमा ढकाल, राष्ट्रिय समाचार समितिका विष्णु नेपाल, अभियान दैनिककी दुर्गा लामिछाने, राजधानी दैनिकका प्रशान्त ओली, प्राइम टेलिभिजनका दीपक अर्याल निर्वाचित भएका छन् । प्रमुख निर्वाचन आयुक्त अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारी र निर्वाचन आयुक्त राजेन्द्र उप्रेतीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।
अधिवेशन अघिको साधारण सभामा महासचिव सूर्यप्रसाद पाण्डेले संस्थाको सांगठनिक र कोषाध्यक्ष विनोद घिमिरेले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । अधिवेशनमा इजोनका सल्लाहकार ईश्वरराज ढकाल र भवानीश्वर गौतम, अभिभावक महासंघका अध्यक्ष भण्डारीले शुभकामनासहित नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभएको थियो ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्